कांग्रेस विशेष महाधिवेशन

कांग्रेस विशेष महाधिवेशन सुरु

काठमाडौँ/नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।

विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गर्नुभयो । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटनअघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौँ सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नुभएको छ ।

विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ ।

गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । विशेष महाधिवेशनलका सन्दर्भमा पार्टीको संस्थापन पक्षले भने असहमति जनाएको छ ।

पार्टीको संस्थापन पक्षले नियमित महाधिवेशनको तालिका तोकेर प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino