कांग्रेस विशेष महाधिवेशन

विशेष महाधिवेशन उद्घाटनअघि कांग्रेसको कुन-कुन रुटबाट जुलुस निस्कने!

काठमाडौं / नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्दैछन् । विशेष महाधिवेशनको आज मध्याह्न १२ बजे उद्घाटन गर्ने तय भएको छ । भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने महाधिवेशन आयोजक समितिले जनाएको छ । 

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ ।

सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक कार्यक्रम सुरु हुनेछ । आज बन्दसत्र सुरु गरिनेछ । महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।


रुट नम्बर १

जम्मा हुने स्थान : सुन्धारा ।

सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाहरूका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन् । काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन् ।

यो जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ ।

रुट नम्बर २

जम्मा हुने स्थान : रत्नपार्क

रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी भाग तथा काठमाडौंको क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुनेछन् ।

रत्नपार्कबाट पुरानो बसपार्क हुँदै जुलस विशेष महाधिवेशनस्थल पुग्नेछ ।

रुट नम्बर ३

जम्मा हुने स्थान : पद्मकन्या क्याम्पस

पद्मकन्या क्याम्पसबाट आउने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहभागी हुनेछन् । काठमाडौंका ५, ६ र ७ का सबै नेता–कार्यकर्ता यो जुलुसमा सहभागी हुनेछन् ।

यो रुटको जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

रुट नम्बर ४

जम्मा हुने स्थान : शंकरदेव क्याम्पस

यो रुटको जुलसका लागि पुतलीसडकस्थित पद्मोदय–शंकरदेव क्याम्पसलाई जम्मा हुने स्थान तोकिएको छ । भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौंका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका नेता–कार्यकर्ता यो जुलसमा सहभागी हुनेछन् । यो जुलस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

रुट नम्बर ५

जम्मा हुने स्थान : कमलपोखरी

यो रुटमा काठमाडौंका निर्वाचन क्षेत्र १ र ४ का सबै नेता–कार्यकर्ता यहाँ जम्मा भई कमलपोखरी हुँदै चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन् ।

रुट नम्बर ६

जम्मा हुने स्थान : कुपण्डोल

ललितपुरको कुपन्डोलबाट निस्कने जुलुसमा ललितपुर, मकवानपुरका सहभागीको सहभागिता रहने नेता केसीले जानकारी दिए । कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै यो जुलुस भृकुटीमण्डप प्रवेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino