कांग्रेस विशेष महाधिवेशन

काँग्रेस विशेष महाधिवेशन: विभिन्न ६ स्थानबाट र्याली, तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवशेन पक्षधरले उद्घाटन समारोहमा विभिन्न ६ स्थानबाट र्यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जनाएको छ । 

शुक्रवार काठमाडौंमा विशेष महाधिवेशनको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै विभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकता र्यालीसहित महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जानकारी दिएको हो । 

सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

Lahachhap

विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै नेता केसीले उद्घाटन सत्रमा पार्टीका सभापति लगायतका नेताहरू उपस्थित हुने विश्वास व्यक्त गरे । 

केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरूले पनि आफ्नो तयारी अन्तिम चरणमा पुराएको बताए । कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८ गते भृकुटिमण्डपमा विशेष महाधिवशेनको घोषणा गरेपछि विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम पनि सुरु भएको छ । 

अहिलेसम्म दुई दर्जन भन्दा बढी जिल्ला कार्य समितिले विज्ञप्ति नै निकालेर विशेष महाधिवेशनप्रति ऐक्यवद्धता जाहेर गरिसकेका छन् भने यो क्रमजारी रहेको छ । प्रतिनिधिहरुका लागि काठमाडौँको सुन्धारा, ठमेललगायतका होटलहरु बुक गरिएको छ भने महाधिवेशन स्थल भृकुटीमण्डपमा तयारीको काम तीव्र गतिमा जारी रहेको छ । विशेष महाधिवेशन पक्षधरले यसअघि हस्ताक्षर गरेको भन्दा करिब ५ सय बढी महाधिवेशन प्रतिनिधिहरूले सहभागिता जनाउने दाबी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino