कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ ।

राप्रपाद्वारा यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुग्नुभएको हो ।

सभापति देउवाले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आवश्यक पूर्वाधार विकास गर्नुपर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवस्थाबारे छलफल भएको जनाइएको छ ।

राप्रपाले सोही दिन भृकुटीमण्डपमा गर्ने कार्यक्रमका लागि विभिन्न पार्टी नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments