धुलिखेलमा ‘डी–टाउन बास्केटबल एकेडेमी’ स्थापना

काभ्रेपलाञ्चोक/ धुलिखेल नगरमा खेलकूदको प्रवद्र्धन गर्ने उद्देश्यले डि–टाउन बास्केटबल एकेडेमी स्थापना गरिएको छ ।

एकेडेमीको धुलिखेल नगरका प्रमुख अशोक ब्याञ्जूले शुक्रबार प्रशिक्षित खेलाडीलाई बास्केटबल हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो । एकेडेमीमा करिब चार दर्जन खेलाडीले पहिलो चरणमा प्रशिक्षण लिने कार्यक्रम रहेको जनाइएको छ ।

एकेडेमीको शुभारम्भका अवसरमा नगर प्रमुख ब्याञ्जूले नगरका अन्य खेलसँगै बास्केटबलले औपचारिक रूपमा स्थापित हुने अवसर जुराएको जनाउँदै चालु आर्थिक वर्षभित्र नगरका विद्यालय हाताभित्र एक र बाहिर खुल्ला स्थानमा एक गरी दुई बास्केटबल कोर्ट निर्माण गर्नेगरी योजना बनाएको जानकारी दिनुभयोे ।

उहाँले अब एकेडेमीमार्फत खेल क्षेत्रको संरक्षण र प्रवद्र्धन, खेलाडीको उत्पादन तथा क्षमता अभिबृद्धी र समग्र खेल क्षेत्रको पूर्वाधार निर्माणमा ध्यान केन्द्रीत गर्ने बताउनुभयो ।

सो अवसरमा बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष पवन थापा, जिल्लाध्यक्ष शिव थापा मगरले देशभर र अन्तराष्ट्रियस्तरमा बास्केटबलको आर्कषण बढिरहेको जनाउँदै स्थानीय सरकारको सहयोग र समन्वयमा खुलेको एकेडेमीले खेलाडीको उत्पादन र ब्यवसायीकतामा जोड दिनुभएको थियो ।

धुलिखेलमा हक्की सङ्घ एशोसिएसनको सहयोगमा धुलिखेल –११ मा रु २३ करोडको लागतमा हक्की रङ्गशाला निर्माण सुरु गरिएको छ । त्यस्तै यसै वर्ष रु दुई करोड ३७ लाखमा कर्भड–हल निर्माण प्रारम्भ गरिएको छ ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments