त्रिवि भन्सारबाट मिलेमतोमा चोरी निकासी बढ्न थाल्यो

काठमाडौं/वर्तमान सरकार र सुरक्षा निकायहरुको ध्यान फागुन २१ गतेको निर्वाचनतर्फ केन्द्रीत भइरहँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा भने घोषणा नगरिएका सामानहरु कार्गोमार्फत विदेश पठाउने धन्धा (चोरी निकासी) फेरि मौलाउन थालेको छ ।

प्रज्ञापन पत्रमा कम अदत पास गर्ने अनि एयरवे बिलमा बढी अदत र घोषणा नभएका सामान बढी परिमाणमा पठाउने ट्रेण्ड फेला परेको छ । यसरी कम अदतमा सामान पास गर्ने तर एअरवे बिलमा बढी अदत भरेर पठाउने गरिन्छ ।

यस्तो काममा कार्गो व्यवसायी, भन्सारका एजेन्ट, भन्सारका कर्मचारी र लोडरहरुको मिलमतो भएको पाइन्छ । यस्तो काम विशेष गरी कार्यालय समय सकिनै आँट्दा र सार्वजनिक बिदाको अघिल्लो दिनमा हुने गरेको छ ।

यसरी चोरी निकासी गर्नमा माहिर कार्गो व्यवसायीहरुले भन्सारका एजेन्ट, भन्सारका कर्मचारी र लोडरहरुको मिलमतोमा प्रज्ञापन पत्रमा घोषणा भएका सामानहरु लोड गराउन यार्डमै राख्ने ताकि भन्सारका हाकिमहरुले छड्के गरिहालेमा देखाउने गरेका छन् । घोषणा नभएका सामानहरु भने लुकाउने गरेका छन् ।

भन्सार प्रशासनले प्रज्ञापन पत्र र एअरवे बिलको अदत भेरिफाई गरेमा यसरी चोरी निकासी रोकिन सक्ने कार्गो व्यवसायीहरुको भनाई छ ।

यस्तो घटनाक्रम पाइएपछि कार्गो व्यवसायसँग सम्बन्धित केही व्यवसायीले प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीलाई समेत यसबारेमा जानकारी गराएका बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments