काठमाडौँ / नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभएको छ । मोरङ समाज काठमाडौँको वार्षिक साधारणसभालाई आज उद्घाटन गर्दै उहाँले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभयो ।
“कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन”, उहाँले भन्नुभयो । सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उहाँको भनाइ थियो ।
नेता डा कोइरालाले सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताउनुभयो ।
“जेनजी आन्दोलनका क्रममा हजारौँ कैदीबन्दी भागेका छन्, प्रहरीका सयौँ हतियार लुटिएका छन्, प्रहरीको मनोबल खस्किएको छ, यस्तो अवस्थामा निर्वाचन गर्न सकिन्छ कि सकिँदैन”, उहाँले भन्नुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित