विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर / नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक शैक्षिक संस्थाले विद्यार्थीहरूलाई देशभक्त बनाउनुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरको वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित कार्यक्रममा उहाँले प्रत्येक विद्यार्थीमा देशप्रेमको भावना जगाउन आवश्यक रहेको बताउनुभएको हो ।

अध्यक्ष विजुक्छेँले भन्नुभयो, “शिक्षा क्षेत्रलाई खतम पारेपछि मात्र साम्राज्यवादीहरूले आफ्नो स्वार्थ पूरा गर्न सक्छन्, पुँजीवादी शक्तिहरू विभिन्न शैलीमा अगाडि बढिरहेका छन् । आर्थिक रूपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र हुँदैन, यसैले पाठ्यक्रम र पाठ्यपुस्तकका अलावा विद्यार्थीहरूलाई देशप्रेमको शिक्षा दिन आवश्यक छ ।”

नेपालले अनिवार्य र निःशुल्क शिक्षा नीति नलिएसम्म शिक्षा महँगो हुने बताउँदै उहाँले विद्यार्थीलाई कामदारका रूपमा बाहिर मुलुकमा जान बाध्य पर्ने शिक्षा प्रणालीमा रुपान्तरणको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने प्रयास भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments