हिमालयन लाइफ इन्स्योरेन्सका तिमल्सिना ‘पहिलो सीओटी’

चापागाउँ शाखामा कार्यरत अभिकर्ता श्री रविन्द्र तिमल्सिना सन् २०२६ का लागि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीकै पहिलो सीओटी बन्न सफल भएका छन् ।

काठमाण्डौं / हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता रविन्द्र तिमल्सिना कम्पनिको पहिलो सीओटी बन्न सफल भएका छन्।

साबिकका तीनवटा बीमा कम्पनी साविक युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको मर्जरपछि स्थापित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीबाट पहिलो पटक सीओटी (कोर्ट अफ टेबल) उत्पादन भएको हो ।

कम्पनीको चापागाउँ शाखामा कार्यरत अभिकर्ता श्री रविन्द्र तिमल्सिना सन् २०२६ का लागि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीकै पहिलो सीओटी बन्न सफल भएका छन् ।

तिमल्सिना सन् २०२६ का लागि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीबाट नेपालकै पहिलो एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) समेत सफल भएका हुन्। निरन्तर मेहनत, अनुशासन र पेशागत इमान्दारितासहित क्रियाशील उनले आर्थिक वर्ष २०८१/८२ मा सेल्फ कोडमार्फत रु. १,१४,९३,००० (एक करोड चौध लाख त्रियान्नव्बे हजार) बराबरको बीमा व्यवसाय गरिसकेका छन्। उनले कम्पनिको तर्फबाट बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मेलनमासमेत सहभागिता जनाइसकेका छन्।

पेशागत सफलतासँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय तिमल्सिना बीमा क्षेत्रका नयाँ अभिकर्ता तथा युवाहरूका लागि प्रेरणा पात्र बनेका छन्। उनको यो उपलब्धिले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीभित्र मात्रै नभई सम्पूर्ण नेपाली बीमा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments