बनेपामा नेवा: एकता दिवस मनाइने

हलि नेवाःगुथि भ्वँत दे कचाःहलिं नेवाः गुथि, काभ्रेपलाञ्चोक र हलिं नेवाः गुथि मिसा पुचले बनेपामा पत्रकार सम्मेलन गरेर उक्त दिन हुने गतिविधिबारे जानकारी दिएको हो ।

काभ्रेपलान्चोक / नेवार समुदायको बाहुल्यता रहेको बनेपामा नेवाः एकता दिवस (ज्यापु दिवस) मनाउन लागिएको छ ।

नेपाल सम्वत् ११४६ पहेंलाथ्व नमीः का दिन पौष १३ गते आइतबार १६ औं नेवाः एकता दिवस मनाउन लागिएको हो ।

हलि नेवाःगुथि भ्वँत दे कचाःहलिं नेवाः गुथि, काभ्रेपलाञ्चोक र हलिं नेवाः गुथि मिसा पुचले बनेपामा पत्रकार सम्मेलन गरेर उक्त दिन हुने गतिविधिबारे जानकारी दिएको हो ।

नेवाः एकता दिवस मुल आयोजक समिति काभ्रेका संयोजक जगनाथ श्रेष्ठका अनुसार, नयाँ पुस्तालाई सम्पदा, सस्कृती, बाजागाजाका बारेमा जानकारी दिँदै संरक्षणमा जागरुक बनाउने, हराउँदै गएको सुकुल भोजमा रैथाने स्वाद र परिकार पस्किन दिवस मनाउन लागेको हो । सो दिन लोप हुन लागेका विभिन्न बाजासहितको झाँकी, सुकुल भोज आयोजना हुने आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा हलि नेवाःगुथि भ्वाँत दे कचाःका नायो रामकाजी प्रधान, हलिं नेवाः गुथिका जिल्ला अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, हलिं नेवाः गुथि महिला समिति अध्यक्ष अल्का जोशी, सम्पदा संरक्षणमा सक्रिय युवा भिषाण मधिकर्मी लगायतले नेवाः सभ्यता र संस्कृति बारे चर्चा गरे ।

तत्कालिन सात गाउँ भनेर चिनिने बनेपा, नाला, साँगा, धुलिखेल, खड्पु, चौकोट र पनौतीमा नेवारहरुको बसोबास छ । पाँचखाल, दाप्चा लगायतका भेगमा पनि नेवारहरुको बाक्लो बस्ती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments