क्रिसमसको सन्दर्भ पारेर अस्पतालले गरेको ‘लभ सेयरिङ’ कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अगुवाविच माया, प्रेम र सद्भाव आदानप्रदान गरियो
काभ्रेपलान्चोक / शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाले समुदायका अगुवाविच एक कार्यक्रम गरेर ‘माया, प्रेम र सद्भाव’ बाँडेको छ ।
क्रिसमसको सन्दर्भ पारेर अस्पतालले गरेको ‘लभ सेयरिङ’ कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अगुवाविच माया, प्रेम र सद्भाव आदानप्रदान गरियो ।
समुदायसँगको आपसी सम्बन्ध सुदृढ गर्ने, प्रेम, सेवा र सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरुको सहभागिता थियो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले आफ्नो घरको दुई कोठाबाट शुरु भएको अस्पतालको विगत स्मरण गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमा प्रदेशका पूर्व मन्त्री रत्नप्रसाद ढकाल, बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, प्रमुख कार्यकारी सल्लाहकार सुन्दर थापा मगर लगायतले अस्पतालले स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा गर्दै आएको योगदानबारे चर्चा गरे ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले गुणस्तरीय सेवा र अन्य काममार्फत समाजको सेवा गरिरहेको बताए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित