महिला उद्यमी महासंघको अध्यक्षमा दर्शना श्रेष्ठ

ललितपुर/महिला उद्यमी महासङ्घ नेपालको दशौँ महाधिवेशनले दर्शना श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन गरेको छ ।

महासङ्घले आज ललितपुरमा २२औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशन सम्पन्न गरेको हो । देशभरका महिला उद्यमीको छाता सङ्गठनका रूपमा कार्यरत महासङ्घ स्थापना कालदेखि महिला उद्यमीको विकास, प्रवर्द्धन तथा सामाजिक–आर्थिक सशक्तिकरणमा क्रियाशील रहँदै आएको छ ।

महासङ्घले हाल नेपालका ७७ वटै जिल्लामा सङ्गठन विस्तार गरी पाँच हजार ५०० भन्दाबढी महिला उद्यमीलाई आवद्ध गरेको छ । साथै सातै प्रदेशमा प्रदेशस्तरीय महासङ्घ गठन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका नीति निर्माण र निर्णय प्रक्रियामा महिला उद्यमीका हक, अधिकार र सरोकारका विषयमा सशक्त रूपमा वकालत गर्दै आएको जनाएको छ ।

Lahachhap

महासङ्घको २२औँ वार्षिक साधारणसभा अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष ज्ञवालीले आफ्नो कार्यकालमा महासङ्घमार्फत सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि तथा चुनौतीबारे जानकारी गराउनुभयो ।

साधारणसभामा महासङ्घका महासचिव कुन्नम पोखरेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष सविता सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले महिला उद्यमशीलता विकासमा निजी क्षेत्र र महासङ्घबीच सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महाधिवेशनको अवसरमा जिल्लास्तरमा उत्कृष्ट महिला उद्यमी सङ्घ तथा व्यक्तिगत महिला उद्यमीलाई सम्मान गरिएको थियो । साथै महासङ्घको स्थापना कालदेखि निरन्तर योगदान पु-याउने संस्थापक सदस्यलाई सम्मान प्रदान गरिएको थियो ।

निर्वाचित कार्यसमिति सदस्यहरू:

  • दर्शना श्रेष्ठ, अध्यक्ष
  • शोभा ज्ञवाली, निवर्तमान अध्यक्ष
  • सुनिता वैद्य श्रेष्ठ, प्रथम उपाध्यक्ष
  • बसन्ती प्रधान, द्वितीय उपाध्यक्ष
  • महालक्ष्मी श्रेष्ठ, तृतीय उपाध्यक्ष
  • कुन्नम पोखरेल, चतुर्थ उपाध्यक्ष
  • सबिता सुवेदी, महासचिव
  • डिकीला लामा, सचिव
  • सुमित्रा पलाञ्चोके, कोषाध्यक्ष
  • कृति श्रेष्ठ उपाध्याय, कार्यसमिति सदस्य / अध्यक्ष, FWEAN कोशी प्रदेश
  • देव कुमारी पौडेल, कार्यसमिति सदस्य / अध्यक्ष, FWEAN मधेश प्रदेश
  • अर्पणा प्रधान भण्डारी, कार्यसमिति सदस्य / अध्यक्ष, FWEAN बागमती प्रदेश
  • पार्वती पौडेल, कार्यसमिति सदस्य / अध्यक्ष, FWEAN गण्डकी प्रदेश
  • सरस्वती शर्मा, कार्यसमिति सदस्य / अध्यक्ष, FWEAN लुम्बिनी प्रदेश
  • शिला नेपाली, कार्यसमिति सदस्य / अध्यक्ष, FWEAN कर्णाली प्रदेश
  • मीना फुलारा, कार्यसमिति सदस्य / अध्यक्ष, FWEAN सुदूरपश्चिम प्रदेश
  • नीता रेग्मी, कार्यसमिति सदस्य
  • शोभा श्रेष्ठ, कार्यसमिति सदस्य
  • अङ्गिरा राजभण्डारी, कार्यसमिति सदस्य
  • निशा के.सी. जङ्गम, कार्यसमिति सदस्य
  • डा. माला खरेल, कार्यसमिति सदस्य
  • मालिका श्रेष्ठ, कार्यसमिति सदस्य
  • अनुजा राजभण्डारी, कार्यसमिति सदस्य
  • रेखा अर्याल, आमन्त्रित कार्यसमिति सदस्य (WEAN ललितपुर)
  • रत्नेश्वरी गोर्खाली श्रेष्ठ, आमन्त्रित कार्यसमिति सदस्य (WEAN सहकारी)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments