नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा कार्की

धनुषा/जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी नवराज उपाध्याय, जेसी स्वप्ना पौडेल भण्डारी, सिनेटर विकेश लाल श्रेष्ठ, जेसी योगेश राजवंशी र उपाध्यक्षमा जेसी मेनुका ओली, जेसी दिपेश बराईली, जेसी अमन महर्जन, जेसी खगेन्द्र भण्डारी, जेसी विदुर थापा, जेसी सुरेन्द्र श्रेष्ठ, जेसी एन्जिला खड्का, जेसी देबु बानियाँ, जेसी रुपकबहादुर विष्ट र जेसी सन्दिप भुषाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रोविन पोखरेलले जानकारी दिनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष कार्कीले नेपाल जेसिजलाई अझ सशक्त, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments