मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको उद्घाटन गर्नु भयो ।

हेटौँडा उपमहापालिका–२ स्थित नेपाली कांग्रेस मकवानपुर कार्यालय परिसरमा निर्मित नेता सूर्यबहादुर डिमडुमको नाममा बनाइएको स्मृति भवनको आज उहाँले उद्घाटन गर्नुभएको हो ।

एक सभागृहसहित चार वटा कोठा र शौचालय रहेको स्मृति भवन हेटौँडास्थित विभिन्न सङ्घ संस्था र समाजसेवीको रु ४८ लाख ५५ हजार सहयोगमा निर्माण गरिएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले मुलुकमा संसदीय प्रजातन्त्रको पुनःस्थापना गर्ने क्रममा कांग्रेस नेता डिमडुम नेतृत्वको मोर्चाले पु¥याएको योगदान सधैँ स्मरणीय रहेको बताउनुभयो । स्मृति भवनले स्वर्गीय नेता डिमडुमको स्मरणलाई चिरस्थायी बनाउने र यस्तो कार्यमा सहयोग गर्ने सबै धन्यवादका पात्र भएको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले सोही अवसरमा विश्वेश्वरप्रसाद कोइराला स्मृति पुस्तकालयको पनि उद्घाट गर्नुभयो । उहाँले प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका विपन्न नागरिकको आयआर्जनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै समानुपातिक रूपमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति लामाले मुलुकका प्रमुख दलहरूले सत्ताको होडबाजीमा भन्दा जनताको विकासको चाहना सम्बोधन गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments