काभ्रेपलान्चोक / धुलिखेल अस्पतालले आईयूआई (ईन्ट्रायुटेराईन इन्सेमिनेसन) प्रविधी मार्फत १ सय दम्पतीलाई कृतिम गर्भाधान सेवा प्रदान गरेको छ ।
स्थापनाकालदेखि निःसन्तान दम्पतीलाई सेवा दिँदै आएको अस्पतालको स्त्री तथा प्रसुतीरोग विभागले कोभिडपछि उक्त सेवालाई थप परिस्कृत गरि आईयूआई प्रविधी मार्फत डेढ बर्षको अन्तरालमा १ सय जनालाई सेवा दिएका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्राध्यापक डा. सुमनराज ताम्राकारले जानकारी दिए । उनका अनुसार, गर्भाधान सफलता दर करिब ३२ प्रतिशत छ ।
पुरुषको वीर्य प्रशोधन गरी पाठेघरमा राखी गर्भाधान गराउने प्रकृयालाई ईन्ट्रायुटेराईन इन्सेमिनेसन भनिन्छ ।
कार्यक्रममा डा. सोनम श्रेष्ठ (स्नातकोत्तर तह अध्ययनरत), डा. कुमारी त्वायना र डा. रुपेश सिंह बस्न्यातको मेहनतको कदर गरियो । कार्यक्रमा प्रा. डा. सुमनराज ताम्राकार, प्रा. डा. आभा श्रेष्ठ र डा. सुनिला शाक्यले आगामी दिनमा धुलिखेल अस्पतालमा कृत्तिम गर्भाधान सेवाको स्तरवृद्धि गर्दै जाने प्रतिवद्धता जनाए ।
हाल निःसन्तान सेवा अन्तर्गत दम्पत्तिकै विस्तृत शारीरिक जाँच, भिडियो एक्सरे, विभिन्न खाले हर्मोन सहितको रगत जाँच, हिस्टोसाल्पिन्गोग्राफी, डायग्नोस्टिक ल्यापारोस्कीपी क्रोमोट्युबेसन, आईयूआई (ईन्ट्रायुटेराईन इन्सेमिनेसन), परामर्श सेवाका साथै गर्भवतीको सम्पूर्ण जाँच सेवा उपलब्ध हुँदै आएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित