काठमाडौं/नेपालका लागि चिनियाँ राजदूत छन सोङ कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएको छ । तीन वर्षे कार्यकाल पूरा हुन केही दिन बाँकी छँदै महानिर्देशकमा बढुवा हुनुभएका उहाँ नयाँ काउन्सिलर चौ पानलाई कार्यभार सुम्पिएर बुधबार बेइजिङ्ग फर्कने कार्यक्रम छ ।
बालुवाटारस्थित चिनियाँ राजदूतावासमा सम्पन्न औपचारिक बिदाइ समारोहमा बिदेशी कूटनीतिज्ञ,उच्च सरकारी अधिकारी,राजनीतिज्ञ,सुरक्षाकर्मी,सञ्चारकर्मी,उध्योग ब्यवसायी तथा चिनियाँ मैत्री संघ संगठनका पदाधिकारीहरुले उहाँलाई आगामी जिम्मेवारीका लागि शुभकामना दिएका छन् ।
कोभिड महामारीलगत्तै कार्यभार सम्हाल्न नेपाल आउनुभएका सोङ यसबीचमा व्यक्त आपसी हितका महत्वपूर्ण धारणा,दुई देश र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन थालिएका धेरैवटा मैत्रीपूर्ण र सिर्जनात्मक पहलकदमीको कारण छोटो समयमा नेपाल र नेपालीबीच निकै पुरानो साथीका रुपमा परिचित हुनुभयो ।
उहाँको कार्यकालमा उच्चस्तरीय भ्रमणका निकै वटा कार्यक्रम सम्पन्न भए । २०१७ देखि थाती रहेको बिआरआइ परियोजना कार्यान्वयन सम्झौता पनि यही वीच सम्पन्न हुन सक्यो ।
गत साता प्रधानमन्त्री सुशीला कार्कीसँगको शिष्टाचार भेटमा उहाँले नेपाल र नेपालीको हित अनुकूलका विषयमा सहयोग गर्न चीन सरकार सदा तयार रहेको शुभसन्देश सुनाउनुभएको थियो । संयोगबश यो साल नेपाल-चीन कूटनीतिक सम्वन्धको ७० औं बर्ष हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित