पोखरा महानगरपालिका स्थापना दिवस : ‘पोखरेली नवरत्न’बाट नौजना सम्मानित

गण्डकी/पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान पु¥याउने नौ जनालाई आज ‘पोखरेली नवरत्न’बाट सम्मान गरिएको छ ।

महानगरपालिकाले गायन/सङ्गीत क्षेत्रबाट अमृत गुरुङ, धार्मिक पर्यटन/कृषि उद्यम क्षेत्रबाट चन्द्रकान्त बराल, समाजसेवा/उद्योग क्षेत्रबाट चन्द्रकृष्ण कर्माचार्य र साहित्य क्षेत्रबाट तीर्थ श्रेष्ठलाई सम्मान गरेको हो ।

त्यस्तै पत्रकारिता क्षेत्रबाट तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट प्राडा बुद्धिबहादुर थापा, खेलकुद/शिक्षा क्षेत्रबाट प्राडा विरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र शिक्षा सेवा/उद्योगबाट हरिप्रसाद पाण्डेलाई सम्मान गरिएको छ ।

उहाँहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जनही दुई लाख दुई हजार २०२ रुपैयाँसहित ताम्रपत्र र दोसल्लाबाट सम्मान गर्नुभएको हो ।

सो अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए अङ्क प्राप्त गर्ने ६७ जना विद्यार्थीहरू र महानगर स्तरीय परीक्षा (कक्षा ८) मा ४ जिपिए अङ्क प्राप्त गर्ने १२ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

यस्तै कक्षा ८ को परीक्षामा विषयगत रूपमा औसत उपलब्धि हासिल गर्ने ३० जना र एसइई तर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मान गरिएको छ ।

कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा, एसइई तर्फ ४९ तथा सामुदायिक र संस्थागत विद्यालय तर्फ सबैभन्दा बढी जिपिए प्राप्त गर्ने १/१ विद्यालयहरू समेत सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments