चोरीको आरोपमा समातिएका युवक मंगलटारको प्रहरी हिरासतमा मृत भेटिए

काभ्रेपलाञ्चोक / इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्।

करिब बिहान ४ बजे हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा तामाङ फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ ढाड पाखाका २१ वर्षीय दुधराज तामाङको मृत्यु भएको हो ।

तामाङलाई चोरीका सामान सहित आईतबार साँझ पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखेको थियो । केहि समय अघि उनी तेमाल गाउँपालिकाबाट बच्चा सहितको महिला भगाएको आरोपमा पक्राउ परेका थिए भने माम्तिमा पनि त्यस्तै अभियोगमा फरार थिए ।

पुनः उनी चोरी अभियोगमा फरार थिए । विभिन्न स्थानमा चोरी गरेको सूचनाका आधारमा उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।

प्रहरीका अनुसार उनी चोरीको आरोपमा आइतबार मात्रै प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार जाडो भयो भनेर ओढ्न दिएको ब्ला‌ङ्केटको बीट उधारेर त्यसैमा पासो लगाएको अवस्थामा तामाङ फेला परेका थिए ।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments