एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत

पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन् ।

शुक्रबारको सचिवालय बैठकले तीन प्रतिनिधि मनोनयन गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

मनोनयन हुनुभएका प्रतिनिधिमा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेना, काठमाडौँ महागरका उपप्रमुख सुनिता डङ्गोल, काठमाडौँ एमाले अध्यक्ष दीपक निरौला, ललितपुर अध्यक्ष पुरूषोत्तम आचार्य, भक्तपुर अध्यक्ष बच्चन देउजालगायत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments