काठमाडौँ / काठमाडौँ महानगरपालिकाभित्र अनुगमन गरिएका शिक्षण संस्थाका क्यान्टिनहरु व्यवसायका रुपमा कतै पनि दर्ता भेटिएनन् । लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस, विद्या गृह तथा जनकनाथ स्मृति माध्यमिक विद्यालय, बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालय र शंखमुलमा रहेको केएमसी स्कूलमा गरिएको अनुगमनमा कुनै पनि दर्ता छैनन् ।

शिक्षण संस्थाका व्यवस्थापकहरुले सुधार गर्छौँ भन्ने गर्नुभएको छ । आफैँमा नमूना हुनु पर्ने ठाउँ किन भएन प्रश्नको जवाफमा आलटाल गर्ने गर्नुभएको छ ।
सरसफाइ सामान्य रहेको, तयारी खाद्यवस्तु नछोपी राखेको, खाना तयार गर्ने र भाँडा माझ्ने ठाउँ सँगै साझा समस्या हुन् । यी समस्या सुधारका लागि अनुगमन टोलीले निर्देशन दिने गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित