कुशादेवीमा प्रथम काभ्रेपलाञ्चोक जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता आयोजना हुँदै

काभ्रेपलाञ्चोक/साविक रयाले र कुशादेवी (हाल पनौती नगरपालिका वडा नम्वर १, २ र ३) को आयोजनामा प्रथम काभ्रे जिल्लाब्यापी तेक्वान्दो प्रतियोगिता-२०८२ सञ्चालन हुने भएको छ । आगामी पौष ४ देखि ६ गतेसम्म आयोजना हुने प्रतियोगितामा जिल्लाका १७ मध्ये १३ डोजाङ्गका ४ सय खेलाडी सहभागि रहनेछ । कुशादेवी तेक्वान्दो डोजाङ्ग सह-आयोजक रहनेछ ।

जिल्लाब्यापी तेक्वान्दो प्रतियोगिताबारे जानकारीका लाग कुशादेबी हिमालयन रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा पनौती-३ का वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा उपप्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै बञ्जाराले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिदै नीति र बजेट समावेश गरेको बताईन् । उक्त कार्यक्रमलाई २ लाख बजेट विनियोजन गरेको बताउँदै बञ्जाराले खेल र खेलाडी उत्पादन, खेल क्षेत्रको मनोबल उकास्न र खेलाडीहरुलाई व्यावसायिक रुपमा सक्षम बनाउन स्थानीय स्तरमा प्रशिक्षण केन्द्रहरु तयार गर्नु पर्नेमा जोड दिइन् ।

प्रतियोगिताका बारेमा जानकारी गराउँदै पनौती-२ का वडा अध्यक्ष अध्यक्ष पुरुषोत्तम अधिकारीले वडास्तरीय बजेट र विभिन्न संघ संस्थाको सहयोगमा प्रतियोगिता सम्पन्न गर्ने बताए । प्रतियोगिताका लागि १० लाख रुपैया भन्दा धेरै खर्च हुने अनुमान रहेको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिँदै तेक्वान्दो संघका अध्यक्ष केशव थापाले विभिन्न २० वटा इभेन्टमा प्रतिस्पर्धा हुने जानकारी दिए । महिलातर्फ २० केजी ५८ केजीसम्म र पुरुषतर्फ २२ केजी ६० केजी तौल समुहका बीच प्रतिस्पर्धा हुने छ । २० स्वर्ण, २० रजत र ४० वटा कास्य पदकसहित प्रथम ट्रफी, दोश्रो ट्रफी र नगद पुरस्कार समेत प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा वडा सदस्यहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु तथा खेलसँग सम्वन्धित ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

पनौती-७ का स्थायी बासिन्दा एवं तेक्वान्दो प्रशिक्षक रामचन्द्र कर्माचार्यले २०५२ सालबाट थालनी गरेको तेक्वान्दो प्रशिक्षणबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु उदय भएको मानिन्छ ।

Lahachhap

यस क्रममा पनौती नगरपालिकाबाट अन्तराष्ट्रिय खेलमा सञ्जीव प्रधान, रामहरि महत, दिपेन्द्र थापा, विनोद थापा, सुरज घिमिरेलगायतका खेलाडीहरुले स्वर्ण पदक जितेका छन् ।

पछिल्ला दिनमा तेक्वान्दो संघका अध्यक्ष केशव थापाको नेतृत्वमा श्रीलंकामा आयोजित प्रथम दक्षिण एशियाली तेक्वान्दो च्याम्पियनसिमा पनौती नगरपालिका वडा नम्वर २ का कुशल हुमागाई र विवेक तामाङ, जापानमा विरेन्द्र हुमागाई, मलेसियामा केशव थापा, थाईल्याण्डमा केशव थापा, राष्ट्रिय खेलमा प्रकृति थापा र दिपिका सापकोटालगायतका तेक्वान्दो खेलाडीहरु सहभागी भई विभिन्न पदकहरु जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments