पनौतीमा पुस पहिलो साता जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता

काभ्रेपलाञ्चोक/ पनौती नगरपालिकामा आगामी पुस ४ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लाव्यापी प्रथम तेक्वान्दो प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ ।

पनौती–१, २ र ३ को आयोजनामा कुशादेवीमा हुने तीन दिने प्रतियोगितामा जिल्लाका १७ मध्ये १३ डोजाङ्गका ४०० खेलाडी सहभागी हुने जनाइएको छ ।

कुशादेवी तेक्वान्दो डोजाङ्गको सहआयोजनामा हुने प्रतियोगितामा विभिन्न २० वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले महिलातर्फ २० केजीदेखि ५८ केजीसम्म र पुरुषतर्फ २२ केजीदेखि ६० केजी तौल समूहकाबीच प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार यस्तै २० स्वर्ण, २० सेकेन्ड मेडल र ४० वटा तस्रो मेडलसहित प्रथम ट्रफी, दोस्रो ट्रफी र नगद पुरस्कारसमेत उपलब्ध गराइनेछ ।

विसं २०५२ देखि पनौतीमा प्रशिक्षण सुरु गरिएकामा नगरबाट अन्तरराष्ट्रिय खेलमा सञ्जीव प्रधान, रामहरी महत, दिपेन्द्र थापा, विनोद थापा, सुरज घिमिरेलगायत खेलाडीले ‘गोल्डमेडल’ (स्वर्ण पदक) जितिसकेका छन् ।

पछिल्ला महिनामा तेक्वान्दो सङ्घका अध्यक्ष केशव थापाको नेतृत्वमा श्रीलङ्कामा आयोजित प्रथम दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिमा पनौती–२ का कुशल हुमागाईं र विवेक तामाङ, जापानमा विरेन्द्र हुमागाईं, मलेसिया र थाइल्याण्डमा केशव थापा, राष्ट्रिय खेलमा प्रकृति थापा र दिपिका सापकोटालगायत सहभागी भई विभिन्न पदक प्राप्त गरिसकेका अवसरमा जानकारी गराइएको छ ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments