काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहका लागि बनाइएको मञ्चमा मङ्गलबार साँझ रिहर्सल पछि थकाइ मार्दै आयोजकहरु
हालसम्म ५९ देशका विद्यार्थीले पूर्णकालीन अध्ययन सक्दा ५० हजारभन्दा बढी स्वदेशी र विदेशी दीक्षित भए
काठमाडौं /प्राडा सुरेशराज शर्मासहितका समकालीन शिक्षाप्रेमी व्यक्तित्वहरुको ‘मुलुकमै उच्च शिक्षा प्रदानको सपना’ रहेको काठमाडौं विश्वविद्यालय (काविवि)ले आज ३१ औं दीक्षान्त समारोह(पहिलो चरण)अर्न्तगत विभिन्न विधाका विद्यार्थीहरुलाई दीक्षा दिँदैछ । नेपालको विश्वविद्यालयहरुको इतिहासमै शैक्षिक क्यालेण्डरमा अब्बल मानिएको काविविले पढाईको आरम्भदेखि समापन अर्थात् दीक्षान्तलाई हालसम्म निरन्तरता दिँदै आएको हो ।
विगतझैं दीक्षान्तको दुई दिन आगडि आयोजना हुने पत्रकार सम्मेलनमार्फत रजिष्ट्र्रार प्राडा राजीव श्रेष्ठले काविविको केन्द्रीय परिसर धुलिखेलमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनसमेत सहभागी हुनेछन् ।
यस्तै, नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक सान्तीश्री धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिनेछन् ।
३१ औं दीक्षान्तको पहिलो चरणसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षित हुने स्वदेशी र विदेशी विद्यार्थीको संख्या ५० हजार ४० जना पुगेको छ ।
तीमध्ये विदेशीको संख्या ५ हजार ८६० अर्थात करीब १२ प्रतिशत रहेको छ । काविविमा हालसम्म ५९ देशका विद्यार्थीहरु पूर्णकालीन अध्ययन गरिसकेका छन् ।
तीमध्यै १५ देशका धेरै विद्यार्थीहरुले अध्ययन गरेका थिए । सबैभन्दा बढी भारतका ४ हजार ९७६ जना रहेका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित