पनौतीबाट सुरु भयो ‘झिँगेदाउ-२’को छायाङ्कन

काठमाडौं/निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट ‘झिँगेदाउ २’को छयांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्त सहित ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’को छयांकन सुरु गरिएको हो ।

मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरुभएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ । यो सिनेमाका लागि काभ्रेको पनौतीमा सेट लगाइएको छ । त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा सिनेमाको छायांकन गरिनेछ । अर्को वर्षको दशैंमा रिलिज लक्ष्य राखिएको सिनेमाको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै निरन्तरता दिएको छ ।

कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने सिनेमामा इशवर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् ।

बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने सिनेमामा निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments