एनपिएलः कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्स पराजित

काठमाडौँ/ राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ ।

जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रनमा समेटियो । कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए ।

बलिङतर्फ जनकपुरका लागि आदित्य महता र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए ।

यसैगरी जनकपुर बोल्ट्सका लागि ब्याटिङ गर्ने क्रममा सञ्जय कृष्णमुर्तिले अर्धशतकीय पारी खेल्दै ५१ रन बनाए । बलिङतर्फ कर्णाली याक्सका लागि विलियम विसिस्टोले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments