अख्तियारद्वारा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्षमा पूर्व मन्त्रीहरु र सचिवहरुसहित ५५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्यलगायत विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

विमानस्थल निर्माणका क्रममा रु आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजारभन्दा बढी भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।

तत्कालीन अर्थमन्त्री रामशरण महत, तत्कालीन सचिवहरू तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारीलगाय ५५ जनालाई प्रतिवादी बनाइएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिवादी पूर्वमन्त्रीहरूः

पोस्टबहादुर बोगटी(दिवंगत),

रामशरण महत,

दीपक अमात्य,

रामकुमार श्रेष्ठ,

भीम आचार्य।

हेलिप्याड निर्माणका प्रतिवादी मध्ये नेपाल नागरिक उड्डयन प्राधिकरणका

निलम्बित महानिर्देशक प्रदीप अधिकारी,

पूर्वनिर्देशक मुरारी भण्डारी,

तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन,

पूर्वसचिवहरूः

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेना,

सुरेशमान श्रेष्ठ,

मधुकुमार मरासिनी,

सुमनप्रसाद शर्मा,

भेषराज शर्मा,

रञ्जनकृष्ण अर्याल,

मोहनकृष्ण सापकोटा,

सुशील घिमिरे,

लोकबहादुर खत्री,

सुरेश आचार्य।

अख्तियारको अभियोगपत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments