काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीको पोषण र जीवनशैली सर्वेक्षण सुरु

कृषि तथा पशुपन्छी विभागको नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघसँग सहकार्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको पोषण अवस्था, आहार व्यवहार र जीवनशैली सम्बन्धी सर्वेक्षण सुरु गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले मंसिर १६ गतेदेखि काठमाडौँ प्लाजाको दक्षिणतर्फको भवनको माथिल्लो तलामा यो कार्यक्रम चलाएको छ । 

कार्यक्रम मंसिर १६ गतेबाट सुरु गरिएको हो । यो २६ गतेसम्म सञ्चालन हुनेछ । यसमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय विभाजन गरिएको छ । २६ गते छुटेका सबैलाई सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । 

सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वाशप्रश्वाससहित दीर्घ रोगको जोखिम उच्च रहेकोले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ । 

Lahachhapसर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, डिजिटल ग्याजेटहरुमा विताउने समय, कार्य स्थलको वातावरण सम्बन्धी विवरण संकलन हुनेछ । 

सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्धनको नीतिगत शिफारिसका लागि तथ्य प्रदान गर्ने अपेक्षा गरिएको छ । 

सर्वेक्षणमा उचाइका आधारमा तौल (वीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (वायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर बडी फ्याट, भीसेरल फ्याट इन्डेक्स, फ्याट फ्री मास, टोटल बडी वाटरको प्रोफाइल तयार पारिन्छ । यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृति अनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन् । 

Lahachhap

मधुमेह, हेमोग्वोविन परीक्षणबाट रक्तअल्पता जाँच गरिन्छ । खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिन्छ । 

सर्वेक्षणमा सहभागी भर्टेक्स फुड्सका अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीय स्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्वहरु धेरै पाइन्छ । जसकारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन् । यस्ता खानेकुराको मूल्य तुलनात्मक रुपमा सस्तो हुन्छ । आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ । 

महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्‍याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने महानगरपालिकाले योजना बनाएको छ । 

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments