राहदानी विभागले नोभेम्बर १ तारेखसम्म आवेदन भरेका काभ्रेलीहरुको पासपोर्ट पठायो

काभ्रेपलाञ्चोक/राहदानी विभागले जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट आवेदन दिएका काभ्रेलीहरुका पासपोर्ट छापिएर जिल्लामा पठाएको सूचना जारी गरेको छ ।

Lahachhap

करीब ९० दिन पुग्नै आँट्दा ५ सेप्टेम्बर(भदौ २० गते) देखि पासपोर्ट कुरेका आवेदकहरुको पासपोर्ट विभागले पठाएको हो ।

विभागले मंसिर १२ र १३ गते काभ्रेपलाञ्चोकका लागि नोभेम्बर १ सम्म तयार भएका १ हजार ३५३ थान पासपोर्ट पठाउने क्रममा रहेको जनाएको हो ।

जिल्लामा ३ हजारभन्दा बढी आवेदकहरु पासपोर्टको पर्खाइमा रहेका बेला आधाभन्दा कम आवेदकको मात्रै पासपोर्ट छापिएको हो ।

हाल हुलाक सेवा विभागले जिल्ला जिल्लामा पासपोर्ट ढुवानी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments