बीबीसी
सन् २०३० को बहु आयामिक खेल ‘कमनवेल्थ गेम्स’ भारतीय शहर अहमदाबादमा आयोजना हुने भएको छ।
ग्लासगोमा भएको कमनवेल्थ स्पोर्ट जनरल एसेम्बलीले कार्यकारी बोर्डको सिफारिसपछि अहमदावादको छनौटलाई बुधबार अनुमोदन गरेको हो ।
कमनवेल्थ गेम्स एसोसिएसन अफ इन्डियाकी अध्यक्ष डा. पिटी उषाले भन्नुभयो, “कमनवेल्थ स्पोर्टले देखाएको विश्वासबाट हामी निकै सम्मानित महशुस गरेका छौँ ।”
उहाँले भन्नुभयो, “सन् २०३० को ओलम्पिकले कमनवेल्थ आन्दोलनको १०० वर्ष मात्र मनाउने छैन, अर्को शताब्दीको जग पनि बनाउनेछ । यसले कमनवेल्थ भरका खेलाडी, समुदाय र संस्कृतिहरूलाई मित्रता र प्रगतिको भावनामा एक साथ ल्याउनेछ ।”
प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातको प्रमुख सहर अहमदाबादमा एक लाख ३० हजार सिट भएको रङ्गशाला छ जुन विश्वको सबैभन्दा ठुलो क्रिकेट रङ्गशाला हो ।
सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्न गत वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई औपचारिक आशयपत्र बुझाएको भारतले ठूलो पुरस्कारमा आफ्नो आँखा राखेको छ ।
गत वर्ष अस्ट्रेलियाको भिक्टोरिया राज्यले लागतका कारण नाम फिर्ता लिएपछि सन् २०२६ को लागि प्रतिस्थापन आयोजक खोज्न सङ्घर्ष गर्नुपरेको थियो । यद्यपि, स्कटल्याण्डको ग्लासगो शहरले बहुखेल ढाँचाको संस्करणलाई केही घटाएर आयोजना गर्न तयार भएको छ। सन् २०२२ मा बर्मिङ्घममा खेलको आयोजना गरेको बेलायतले अबको संस्करण आयोजना गरी लगातार दुई संस्करणहरू आयोजना गर्नेछ ।
कमनवेल्थ स्पोर्टका अध्यक्ष डा. डोनाल्ड रुकारेले बुधबार भन्नुभयो, “भारतले ठूला युवा महत्वाकाङ्क्षा, समृद्ध संस्कृति, विशाल खेल जुनून र सान्दर्भिकतालाई पछ्याएको छ ।”
“सन् २०३४ र त्यसपछिका खेलहरू आयोजना गर्न विभिन्न देशहरूबाट बलियो चासो आएको रिपोर्ट गर्न पाउँदा म खुसी छु,” उहाँले भन्नुभयो ।
“हामी कमनवेल्थ गेम्सका लागि हाम्रो अर्को शताब्दीको सुरुवात राम्रो प्रतिस्पर्धाका साथ गर्नेछौँ ।
सन् १९३० मा क्यानडाको ह्यामिल्टनबाट सुरू भएको कमनवेल्थ गेम्सले सन् २०३० मा यसको शतवार्षिकी मनाउनेछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित