सहायक रथी भण्डारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

काठमाडौँ / मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाउनुभएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति हुनुभएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभएको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments