अभिनेता धर्मेन्द्रको निधन

काठमाडौँ/बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

messenger sharing button

सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्ति गरेका छन् ।

उनले भनेका छन्, ‘धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ।एउटा विशाल मेगास्टार, मुख्‍यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैँ चम्किरहनुहुनेछ।’

यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताभ बच्चन, आमिर खानलगायतका आर्यघाट पुगेका छन् ।

यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments