काठमाडौं/ राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजननिम्ति दल दर्ता निवेदन आयोगमा दिइएको छ,’ उनले भने।
माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन छ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि आजसम्म दल दर्ता समय दिएको थियो भने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिने समय छ।
कांग्रेसले शनिबारको केन्द्रीय समिति बैठकबाट आमनिर्वाचनमा जाने निर्णय गर्दै दल दर्ता निवेदन दिने निर्णय गरेको थियो।
साथै कांग्रेसका उम्मेदवारलाई दिइने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहनेछ।
प्रतिनिधि सभा निर्वाचनअघि यदि १५ औं वा विशेष महाधिवेशन भएर नेतृत्व परिवर्तन भएमा त्यसपछि टिकट वितरण गर्नेको नयाँ हस्ताक्षर जान सक्नेछ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित