काभ्रेको रोशी गाउपालिका-६ लेखपानीका स्थायी तामाङको निजि निवासमा निधन भएको जेठो छोरा तिर्थ लामाले बताएका छन्।
काभ्रेपलान्चोक / नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामालाई पितृशोक परेको छ।
बागमती प्रदेशका पूर्व खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीसमेत रहेका लामाका पिता केशरबहादुर तामाङको ८७ वर्षको उमेरमा निधन भएको हो।
काभ्रेको रोशी गाउँपालिका-६ लेखपानीका स्थायी बासिन्दा तामाङको आफ्नै निवासमा निधन भएको जेठो छोरा तिर्थ लामाले बताएका छन्।
उनका अनुसार सामाजिक रीति र तामाङ समुदायको संस्कार अनुसार मंसिर ८ गते सोमबार बिहान ९ बजे रोशीकै लेखपानीमा दाहसंस्कार गरिने भएको छ।
स्वर्गीय केशरबहादुर तामाङका श्रीमती कान्छीमाया तामाङसहित ३ छोरा र २ छोरी छन्।
स्वर्गीय तामाङप्रति लाहाछाप मिडियाको तर्फबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ माघ १३ गते