बाराका सीडीओबाट आन्दोलनरत पक्षलाइ वार्ता आव्हान

काठमाडौँ / बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्ताको आह्वान गरेका छन् ।

जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्नु पर्ने भन्दै वार्तामा बस्न आह्वान गरेका छन्।

संवादबाटै समाधान खोज्नुपर्छ भनेर बाराका सीडीओले टेलिफोन गर्नु भएको छ । उनले हामी प्रशासन कार्यालय आउन सक्ने अवस्था छैन, भिड त्यतै आउन सक्छ त्यसैले तपाइहरुनै हामी भएको ठाउँमा आइदिन भनेका छौँ।

यस बिषयमा आवश्यक निर्णय लिन भन्दै प्रधानमन्त्री सुशिला कार्कीले अहिले राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकेकी छिन्। बैठक जारी रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments