बुधवारदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन जान लागेपछि बुधवारदेखि बाराको सिमरामा तनाव कायम छ। जेनजी समुहको नाममा सो क्षेत्रमा सुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले भर्खरै राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् ।
एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा बुधवार जेनजी युवाहरूले तोडफोड गरेका थिए । त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको थियो। त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । बुधवारदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित