शंकर पोखरेल र महेश बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै प्रदर्शन भएपछि सिमरामा कर्फ्यू

अहिले मध्यह्न साढे १२ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू आदेश जारी गरको हो ।

सिमरामा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरूले प्रदर्शन गरेका थिए । त्यसपछि प्रशासनले कर्फ्यू लगाएको हो ।

सिमरा विमानस्थल आसपासका क्षेत्रमा ‘जेनजी’ युवाहरूको प्रदर्शन तथा राजनीतिक दल आवद्ध समूहरूको झडप भइरहेकाले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारकी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिनुका साथै परिस्थिति थप विग्रन नदिन कर्फ्यू लगाइएको सूचनामा उल्लेख छ ।

अहिले मध्यह्न साढे १२ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

Lahachhap

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments