पतञ्जली योग समिति बागलुङका सङ्गठन, मन्त्री तथा महायज्ञ व्यवस्थापन योग उपसमितिका संयोजक अमृत कँडेलको संयोजकत्वमा शिविरको सञ्चालन तथा व्यवस्थापन गरिएको थियो ।
बागलुङ / बागलुङमा छ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ । मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट छ हजार बढीलाई योगासनको विषयमा जानकारी गराइएको हो ।
आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको अवसरमा छ हजारलाई योग शिक्षा दिइएको आयोजकले जनाएको छ । गत कात्तिक २२ गतेदेखि एक हप्ता योग शिविर सञ्चालन गरिएको थियो । पतञ्जली योग समिति नेपालका योग प्रशिक्षक ललित शङ्कर योगीले योग, ध्यान र प्राणायम गराउनुभएको थियो ।
पतञ्जली योग समिति बागलुङका सङ्गठन, मन्त्री तथा महायज्ञ व्यवस्थापन योग उपसमितिका संयोजक अमृत कँडेलको संयोजकत्वमा शिविरको सञ्चालन तथा व्यवस्थापन गरिएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित