राष्ट्रिय कर दिवस:

उत्कृष्ट करदाता सम्मानित

काभ्रेपलाञ्चोकतर्फ आयकर सबैभन्दा बढी दाखिला गर्ने आशा लघुवित्त वित्तिय संस्था, नासिकास्थान साँगा र सिन्धुपाल्चोकतर्फ आयकर सबैभन्दा बढी दाखिला गने सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको हो ।

काभ्रेपलान्चोक / राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक बर्ष २०८०/८१ मा आयकर धेरै तिर्ने करदाता सम्मानित गरेको छ ।

आइबार कार्यालयमा आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकतर्फ आयकर सबैभन्दा बढी दाखिला गर्ने आशा लघुवित्त वित्तिय संस्था, नासिकास्थान साँगा र सिन्धुपाल्चोकतर्फ आयकर सबैभन्दा बढी दाखिला गने सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको हो । कर दिवसको दिन कार्यालयमा पहिलो सेवाग्राहीको रुपमा सिढुवा फाँट संरक्षण नदी नियन्त्रण उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उनीहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे । उनले राज्य सञ्चालनको मुख्य आधार कर भएको भन्दै जति कर उठ्छ मुलुक त्यति दरिलो हुने तर्क गरे । कर उठ्नको लागि नीजि क्षेत्र दरिलो हुनुपर्ने तर्क गर्दै उनले व्यवसायी त्यसका लागि उत्साही हुनुपर्ने बताए । अनुगमनका क्रममा व्यापारी, व्यवसायी कर भनेपछि तर्सने अवस्था रहेको भन्दै कर सचेतना जरुरी रहेको औल्याए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मञ्जुकुमार कोजू, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुधरत्न बस्नेत, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, अडिटर्स एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष अर्जुनदास श्रेष्ठ, सम्मानित हुने आशा लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद दुलाल, कर अधिकृत लक्ष्मण ढुंगाना लगायतले कर तिर्ने भन्ने वित्तिकै हतोत्साही हुने र बनाउने कार्य बन्द गर्नुपर्ने बताए ।

प्रमुख कर अधिकृत रमेश भट्टराईले विश्वविद्यालय, सामुदायिक क्याम्पसहरुलाई पनि करको दायरामा ल्याउन लागिएको तर्क गर्दैै कर तिर्न सहज वातावरण निर्माण गर्न कार्यालयले काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments