बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप उनीमाथि लागेको थियो। भारतमा निर्वासनमा रहेकी शेख हसिनाको अनुपस्थितिमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।
न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ४५३ पृष्ठको फैसला सुनाउनुअघि यसलाई ६ भागमा वाचन गरिने बताएका थिए। फैसलाको घोषणा बंगलादेश टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
अभियोजन पक्षले गत जुनमा शेख हसिनासहित तीन जनाविरुद्ध आधिकारिक रूपमा पाँचवटा आरोपहरू दायर गरेको थियो। यसै आधारमा न्यायाधिकरणले शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमा खान कमलविरुद्ध पक्राउ पूर्जी पनि जारी गरेको थियो।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका गम्भीर अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ ।
ढाकास्थित अदालतले गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा ठूलो मात्रामा हत्या, दमन र षड्यन्त्रमा संलग्न भएको नतिजा भन्दै फैसला सुनाएको हो।
अभियोजन पक्षले जुन महिनामा शेख हसिना, तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाल र प्रहरी प्रमुख अल ममूनसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले हसिना र खान कमाललाई मृत्युदण्ड र सरकारी साक्षी बनेका ममूनलाई ५ वर्ष कैद सजाय सुनायो।
भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै मुद्दा चलाइएको थियो । अदालतले उनीहरूको निर्देशन र उक्साहटमा १४०० जनाको हत्या, २५ हजार घाइते, साथै निहत्था विद्यार्थी र आम नागरिकमाथि व्यापक दमन भएको प्रमाणित भएको बताएको छ।
हसिनासहित तीन जनामाथि विद्यार्थीहरूलाई ‘रजाकारका नाती’ भनेर उक्साएको, रंगपुर र ढाकामा भएका सामूहिक हत्यामा संलग्न भएको र केही व्यक्तिलाई गोली हानेर जलाएको आरोपसमेत समावेश छ।
अगस्ट ५, २०२४ मा आन्दोलन चर्किएपछि हसिना देश छाडेर भागेकी थिइन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित