यातायात र ढुवानीको असुविधाका कारण निर्वाहमुखी खेतीकिसानी गरेर जीवन गुजारा गरिरहेका जिल्लाको दक्षिणी भेगका कृषक बिस्तारै नाफामुखी कृषिमा परिणत भएका छन्। मदानी डेरीले यस भेगका कृषकलाइ खेतीपाती भन्दा गाईभैंसीको दुध उत्पादनमा आकर्षित बनाएको छ।
काभ्रेपलान्चोक / काभ्रेपलाञ्चोक जिल्लामा दुर्गम भनिएको च्याम्राङवेशीमा सञ्चालित डेरी उद्योगले बार्षिक २६ करोड बराबरको कारोबार गरेको छ ।
बेथानचोक गाउँपालिका वडा नं १, च्याम्राङवेशीमा रहेको मदानी डेरी प्रा.लि.ले २०८१/२०८२ को अन्त्यसम्ममा २५ करोड ९९ लाख ५५ हजार ४४ रुपैयाका दुध र दुग्धजन्य पदार्थ विक्री गरेको हो । नाफामुलक संस्थाले यो बर्ष १५ प्रतिशत लाभांश बापत ३६ लाख ९७ हजार ५ सय रुपैयाँ वितरण गरेको छ ।
कम्पनिका अध्यक्ष माधव दाहालले तेस्रो बार्षिक साधारण सभा प्रस्तुत गरेको प्रतिवेदन अनुसार, सो बर्ष २१ लाख ५० हजार आयकर नै बुझाएको छ । गाउँपालिकाका ३८ संकलन केन्द्रबाट दुध संकलन गर्छ । छोटो समयमा राम्रो कारोबार र पारदर्शिताले काभ्रेमा मदानी डेरीको लोकप्रियता ह्वात्तै बढेको छ। यसबाट उत्पादित परिकार देशका बिभिन्न डिपार्टमेण्ट स्टोर, होटल तथा रेस्टुरेन्टमा प्रयोग हुने गरेको छ। मदानीका उत्पादनको माग बढेको छ। र, यो संगै डेरीप्रति किसानको बिश्वास समेत जागेको छ।
यातायात र ढुवानीको असुविधाका कारण निर्वाहमुखी खेतीकिसानी गरेर जीवन गुजारा गरिरहेका जिल्लाको दक्षिणी भेगका कृषक बिस्तारै नाफामुखी कृषिमा परिणत भएका छन्। मदानी डेरीले यस भेगका कृषकलाइ खेतीपाती भन्दा गाईभैंसीको दुध उत्पादनमा आकर्षित बनाएको छ। कृषकलाइपनि आफ्नै घरआँगनमा दूधजन्य परिकारको उत्पादनका लागि उधोगनै स्थापना हुदाँ नियमित आम्दानी र आफ्नो पेशाको सुरक्षा सुनिश्चितता बढेकोमा खुशी मिलेको छ।
बेथान्चोकको गौरव ‘मदानी डेरी’


कृषि र सहकारी क्षेत्रसंगै दुग्धजन्य व्यवसायबाट अनुभव संगालेका व्यवसायीहरुको समुहले स्थापना गरेको हो ‘मदानी डेरी’। करिब ८५ जना शेयर सदस्य तथा ११ जना संचालक सदस्य रहेको उक्त उधोगमा अधिकांश काभ्रेको बेथान्चोक, च्याम्राङवेशी, खानीखोला, ललितपुरको महांकाल, बागमती गाउँपालिकाका स्थानीय संलग्न छन्। भौगोलिक हिसाबले बिकट मानिएको च्याम्राङवेशीमा उधोग खोल्नु र संचालन गर्नु चुनौतिपूर्ण अवस्था थियो, तर स्थापनाको ३ वर्षमै यस भेगकै ठुलो उधोगका रुपमा परिचित भएको छ। कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको बेथानचोक गाउँपालिकाको वडा न १ च्याम्राङवेशीमा स्थापित मदानी डेरीलाइ अहिले पालिकाकै गौरवको रुपमा हेरिएको छ।
गाउँमै रोजगारी :
बेथान्चोक र आसपासका करिब ३८ जनालाई प्रत्यक्ष रोजगारी दिएको कम्पनिले दिनहुँजसो उत्पादनमा वृद्धि गरिरहेको छ। जिल्लाका पनौती, बनेपा, धुलिखेलहुँदै काठमाडौँ उपत्यकासहित मुलुकका मुख्य सहरमा बजार विस्तार गरिरहेको उधोगमा आवश्यकता अनुसार दक्ष जनशक्तिको पदपूर्तिमा स्थानीयलाइ प्राथमिकता दिएको कम्पनि संचालकहरु बताउछन। पछिल्लो समय कृषि र डेरी सम्बन्धि अध्ययन र तालिमका लागिसमेत देश र विदेशका बिभिन्न ठाउंबाट अवलोकनका लागि प्रशिक्षार्थी आउने गरेको संचालक अध्यक्ष माधव दाहालले बताएका छन्।

तिन वर्षमा १० गुणा दुध संकलन:
तिन वर्ष अघि दैनिक ७ सय ५० लिटर दुध संकलन गरेर प्रारम्भ भएको मदानी डेरीले अहिले दैनिक ८ हजार लिटर दुध संकलन गरिरहेको छ। यो ३ वर्षको अवधिमा १० गुणाले वृद्धि हो। काभ्रेका बेथान्चोक र खानीखोला तथा ललितपुरका महांकाल र बागमतीका ४२ संकलन केन्द्रबाट दुध संकलन गरिरहेको कम्पनिले आगामी ५ बर्षमा दैनिक ४० हजार लिटर दुध संकलन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । उधोगले जतिपनि दुध संकलन गर्न सकिने भनेको छ। अध्यक्ष दाहालले किसानलाइ हौशला दिदैं, ‘कम्पनिले कुनैपनि बहानामा दुध संकलन नगर्ने, संकलित दुधको मासिक भुक्तानी नगर्ने गर्दैन, तपाइहरुले बिना अन्यौलता ढुक्क भएर गाइभैसी पालन र दुध उत्पादनमा मेहनत गर्नुहोला, हामी “नो मिल्क होलिडे’ को अवधारणामा छौँ उनले भने।
किसानलाई राहत र प्रोत्साहन:


साधारण सभामा बर्षभरीमा धेरै दुध विक्री गर्ने ७ जना कृषकलाई नगद पुरस्कार वितरण गरिएको छ भने हौशलास्वरुप ३८ जनालाई बाल्टिन प्रदान गरेको छ । कम्पनिले आफुसंग आवद्ध कृषकलाइ पशुबिमामा प्रेरित गरि रहेको छ। बिमा गरेका पशुको मृत्यु भएमा उद्योगले प्रति भैसी ५० हजार र प्रति गाई ३० हजार रुपैयाँ राहत स्वरुप दिने गरेको छ । यो रकम बिमाबाट प्राप्त हुने भन्दा बाहेकको राहत रकम हो। आर्थिक बर्ष २०८०/२०८१ मा मरेका १७ पशुहरु बापत राहत कोषमार्फत ६ लाख ५० हजार भुक्तानी गरिएको छ । पशु क्षति भएका १२ जना कृषकलाई नगद ४ लाख २५ हजार वितरण गरिएको छ । कृषि र पशुपालनमा रहेका स्थानीय स्थानीय कृषक बजार र यातायातको असुविधाको कारण पलायन हुने अवस्थामा रहेकोमा गाउँमा मदानी डेरी उद्योग स्थापना भएपछि गाउँमा नै आयआर्जन सम्भव भएको र बसाइँसराइँ समेत रोकिएको महाकांलका कृषक रमण बञ्जाराले बताए ।
स्थानीय सरकार र सरोकारवालाको साथ:
कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले मदानी डेरी स्थापना भएपछि यहाँका कृषकहरु पलयान हुन रोकिएको र बसाइँसराइँ पनि कम भएको तर्क गर्दै उद्योगले आम्दानी, अवसर र रोजगारी सृजना गरेको बताए । अध्यक्ष अधिकारीले संकलन केन्द्रबाट संकलित दुधका उधोगसम्म पुर्याउन र उधोगबाट उत्पादित दुग्धजन्य परिकारको ढुवानीमा असहज नहोस भनेर गाउँपालिकाले सधै चासो र समन्वय गरिरहेको बताए। ग्रामिणभेगमा संचालित उधोगको मूल समस्या बाटो र ढुवानी हो, गाउँमै खुलेका यस्ता उधोगको संरक्षण र प्रवर्द्धनमा बेथान्चोक प्रतिवद्ध रहेको उनको भनाइ छ। साधारण सभामा बोल्दै उनले आफ्नो प्रतिवद्धता व्यक्त गरेका हुन्।


महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले उद्योगले स्थानीय कृषकहरुको हितको लागि काम गरेको भन्दै अन्य क्षेत्रमा पनि विस्तार हुने विश्वास व्यक्त गरे । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले स्थानीय तह समृद्ध हुन स्थानीय स्तरमा नै रोजगारी र आम्दानीको श्रोत हुनुपर्ने बताए ।
साधारणसभामा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना, बेथानचोक गाउँपालिका वडा नम्वर १ का अध्यक्ष मधुसुदन तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने, निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्वअध्यक्ष मोतीराम तिमल्सिना, कृषि पत्रकार समाजका अध्यक्ष किरण आचार्य, लेखापरिक्षक रविन श्रेष्ठलगायतले मदानी डेरीले बेथान्चोक र कृषि क्षेत्रको विकासमा पुर्याएको योगदानबारे चर्चा गरे ।
गुणस्तर प्रमाणित उत्पादनको बढ्दो माग :


उधोगले अन्तरराष्ट्रिय गुणस्तर प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेको छ। अत्याधुनिक प्रबिधि र उपकरण जडित मदानी डेरीले दुधका अलावा उद्योद्यले घ्यु, खुवा, पनिर, नौनी, क्रिम चिज, मोजरेला चिज र कञ्चन चिज उत्पादन गरी विक्री गरिरहेको छ । अहिले ति उत्पादनको बिभिन्न तारे होटल र रिसोर्टमा माग बढेको छ। नियमित उत्पादन खरिद गरिरहेका क्याटरिङ तथा पार्टी प्यालेस संघ काभ्रेका अध्यक्ष शिवप्रसाद तिमल्सिना, होटल व्यवसायी एवं हाईल्याण्ड रिसोर्टका रामसुन्दर बंखे, क्लव हिमालयका चन्द्र श्रेष्ठ, होटल रत्नागिरीका गोपाल नेपाल लगायतले मदानीका उत्पादनको तारिफ गरेका छन्।

उधोग संचालक सदस्य रामहरी बजगाईले कृषकहरुलाई क्रमशः ब्यवसायीकता तर्फ लगिएको बताए । आयआर्जन बृद्धी गर्न भएका पशुहरुलाई ब्यवसायीकता तर्फ उन्मुख गराउने गरी घाँस खेती, तालिम तथा कम लागतमा धेरै उत्पादन, पशुहरुलाई गुणस्तरीय खाना र उत्पादन, बजार मुल्य अनुसार समायोजन, नियमित भुक्तानी, पशु विमा तथा राहत लगायतका कार्यहरु मार्फत दैनिक दुध उत्पादनलाई बढाउने र कम्पनीले प्राप्त गरेको दुध र दुग्धजन्य पदार्थलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने कार्यको थालनी भएको बताए ।

संचालक सदस्य रामहरी बजगाईले भने–‘राजधानी डेरी लगायतका कम्पनीसँगको सहकार्य तथा स्वीस प्रतिनिधिलाई नेपालमा नै झिकाएर उत्पादन गरिरहेको चीजका परिकार र अन्य उत्पादनलाई झनै गुणस्तरीय बनाउने गरी सक्रिय भएका छौं ।’ कृषकहरुलाई घाँस धेरै हुने समयमा त्यसलाई काटेर भण्डारण गर्ने प्रविधि र ब्यवस्थापनमा पनि मदानी डेरीले कार्य प्रारम्भ गरेको उनले बताए । बजगाईले काभ्रेपलाञ्चोकसहित उपत्यका र बुटवल लगायत देशका प्रमुख शहरमा मदानी डेरीका उत्पादन पुगेको तर्क गर्दै कृषकलाई मिल्क होलिडे नगरिएको र समयमा नै भुक्तानी गरिएको बताए ।
सञ्चालक सदस्य राजाराम लुइँटेलले एउटा कोठाबाट शुरु भएको साधारणसभा तेस्रो बर्ष सम्म आइपुग्दा भव्य भएको भन्दै यो अवस्थासम्म पुर्याउन सहयोग गर्ने सबैलाई आभार प्रकट गरे ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित