स्वास्थ्य सेवा प्रवाहका आधारमा स्थानीय तह पुरस्कृत

७८ दशमलव ५ प्रतिशत अंकसहित महाभारत गाउँपालिका प्रथम भएको छ । गतबर्ष पनि महाभारत प्रथम भएको थियो । ७६ प्रतिशत अंक ल्याएको धुलिखेल दोस्रो र ७१ प्रतिशत अंक ल्याएको भुम्लु गाउँपालिका तेस्रो भयो ।

काभ्रेपलान्चोक / स्वास्थ्य सेवा प्रवाहका आधारमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहलाई पुरस्कृत गरेको छ ।

विभिन्न सूचकांकका आधारमा कार्यालयले गरेको मूल्याकंनका आधारमा उत्कृष्ट हुने पालिकालाई जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले पुरस्कृत गरेको हो ।

७८ दशमलव ५ प्रतिशत अंकसहित महाभारत गाउँपालिका प्रथम भएको छ । गतबर्ष पनि महाभारत प्रथम भएको थियो । ७६ प्रतिशत अंक ल्याएको धुलिखेल दोस्रो र ७१ प्रतिशत अंक ल्याएको भुम्लु गाउँपालिका तेस्रो भयो ।

ती पालिकाले स्वास्थ्य शाखा र संस्थामार्फत नागरिकले पाएको सेवाका आधारमा मुल्याकंन गरी पुरस्कृत गरिएको जनस्वाथ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिए । अन्य पालिका भन्दा फरक र नमूना कार्यक्रम सञ्चालन गरेका स्थानीय तहलाई पनि सम्मान गरिएको उनले जानकारी दिइन् ।

आर्थिक बर्ष २०८१/८२ मा भएका कार्यक्रमको बार्षिक समिक्षा गर्न आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम, जनस्वास्थ्य कक्षपतिलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments