गोली हानी गोलेको हत्या, थोकर पक्राउ

ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहनुभएका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

बागमती / मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली हानी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको हो । ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहनुभएका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिनुभयो । गोलेको हत्या आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले बताउनुभयो ।

घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलभन्दा एक किलोमिटर कोलगौरीमा लुकिछिपी बसिरहेको अवस्थामा थोकरलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र एक सय ९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।

सुन्धारा कारागारबाट फरार एक कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट फरार भएका एक जना कैदीलाई आज मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सुन्धारा कारगारबाट फरार मनहरी गाउँपालिका–६ निवासी ६१ वर्षीय सीताराम थिङलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले जानकारी दिनुभयो ।

थिङ वन्यजन्तु बेचबिखन तथा ओसारपोसार मुद्दामा अदालतबाट १५ वर्ष कैद र रु १० लाख जरिवानाको सजाय पाई सुन्धारा कारागारमा कैद सजाय भोगिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments