रोशी गाउँपालिकामा गत बर्ष आर्थिक प्रगती ८७ दशमलव १८ प्रतिशत

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले सेवा प्रवाह गर्ने निकाय र सेवा ग्रहण गर्ने समुदायबीचको तारतम्य मिलेन भने त्यसको कुनै अर्थ नहुने बताए ।

काभ्रेपलान्चोक / बाढी, पहिरोजस्ता विपद् सामाना गरेको रोशी गाउँपालिकाले गत आर्थिक बर्षमा ८७ दशमलव १८ प्रतिशत बजेट खर्च गरेको छ ।

आर्थिक बर्ष २०८१/०८२ को बार्षिक समिक्षा गर्न बिहिबार आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले आर्थिक प्रगती ८७ दशमलव १८ प्रतिशत भएको विवरण प्रस्तुत गरेका हन् ।

प्रतिवेदन अनुसार, सामाजिक बिकासमा ८७ दशमलव ३६ प्रतिशत, पूर्वाधार बिकासमा ७३ दशमलव ३१ प्रतिशत, वन, वातावरण तथा विपद व्यवस्थापनमा ९५ दशमलव ०४ प्रतिशत र सुशासन तथा संस्थागत बिकासमा ७७ दशमलव ६७ प्रतिशत प्रगति छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले सेवा प्रवाह गर्ने निकाय र सेवा ग्रहण गर्ने समुदायबीचको तारतम्य मिलेन भने त्यसको कुनै अर्थ नहुने बताए । विपद प्रभावित गाउँपालिकाले तत्काल उद्धार, राहत, पुनर्निर्माण र पुनस्र्थापनामा जोड दिंएको जानकारी दिँदै ६० बर्षभन्दा माथीका नागरिकका परिवारकै निःशुल्क स्वास्थ्य विमा गरेको, सुत्केरी आमा, पोषिलो खाना जस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी समिक्षाका क्रममा सिकेका कामलाई आत्मसात गर्दै त्रुटी सच्याउदै अघि बढ्नुपर्ने बताए ।

रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईबाले बाढी पहिरो जस्ता विपद्ले थला पारेको रोशी गाउँपालिका पुनःनिर्माण र समृद्ध रोशी निर्माणमा जुटेको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले विपद् वा आन्दोलनमा प्रहरी अग्रपंक्तिमा उभिने भन्दा जेनजी आन्दोलनको नाममा घुसपैठ गरी तोडफोडमा उत्रेका जो कोहीलाई कारवाहीको दायरामा ल्याउने तर्क गरे ।

सोही कार्यक्रममा गाउँपालिकाले सार्वजनिक सुनुवाइ र इलाका प्रहरी कार्यालय मंगलटारले नागरिक सुनुवाई कार्यक्रम पनि गरेको थियो । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल १५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अधिकृत कृष्ण प्रसाद सापकोटा, रोशी गाउँपालिकाका वडाध्यक्ष, कर्मचारी, स्थानीय लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments