गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको अवलोकन गर्नुका साथै त्यहाँको कार्यप्रवाहबारे जानकारी लिनुभएको थियो ।

काठमाडौँ / गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन तथा निरीक्षण सम्पन्न गर्नुभएको छ । गत भदौ २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी कार्यालयमा अहिले नयाँ संरचनासहित पुनर्निर्माण गरिएको छ ।

गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको अवलोकन गर्नुका साथै त्यहाँको कार्यप्रवाहबारे जानकारी लिनुभएको थियो । निरीक्षणका क्रममा उहाँले उपत्यका ट्राफिक प्रहरीले असामान्य परिस्थितिमा पनि सेवा अवरोध हुन नदिन गरेको निरन्तर प्रयासको प्रशंसा गर्नुभयो ।

आगजनीपछि ट्राफिक प्रहरी कार्यालय र कार्यसम्पादनमा परेको प्रतिकूल प्रभावका बाबजुद संरचना छिटो पुनर्निर्माण सम्पन्न गर्न निजी क्षेत्र र नागरिक समाजको सामूहिक योगदान रहेको उल्लेख गर्नुहुँदै उहाँले सबै सहयोगकर्तालाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयसहितका प्रहरी संरचनामा ठूलो क्षति पुगेको थियो । तर खुसीको कुरा सबै क्षेत्रबाट प्राप्त सहयोगका कारण आज ती संरचना पुनर्निर्माण भई प्रहरी सङ्गठन पुनः उभिन सक्षम बनेको छ । सरकार यसका लागि आभारी छ ।”

गृहमन्त्री अर्यालले ट्राफिक प्रहरी कार्यालयका संरचनाको पुनर्निर्माणको गति र कार्यक्षमताको विशेष रूपमा प्रशंसा गर्नुहुँदै उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी तथा उहाँको नेतृत्वमा कार्यरत सम्पूर्ण टोलीलाई खुलेर धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक प्रहरी कार्यालय भौतिक रूपमा क्षतिग्रस्त भए पनि प्रहरी दायित्वबाट विचलित भएन । चुनौतीपूर्ण परिस्थितिमा पनि सङ्गठनप्रति कर्तव्यनिष्ठ र दायित्व पालनामा उदाहरणीय प्रदर्शन गरेकामा म उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारीसहित सम्पूर्ण टोलीको कामको उच्च प्रशंसा र धन्यवाद व्यक्त गर्दछु ।”

पुनर्निर्माणपछि सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका नयाँ संरचनामा आधुनिक कार्यकक्ष, सेवा काउण्टर, सिसीटिभी प्रणाली, आपतकालीन प्रतिक्रिया कोठा तथा नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख अधिकारीले गृहमन्त्री अर्यालसमक्ष जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news