३३ औं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आजदेखि नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने

काठमाडौं/आजबाट नेपाल प्रहरीको कमाण्ड आईजीपी (महानिरीक्षक) दानबहादुर कार्कीले सम्हाल्दैछन् ।

७९ हजार ५४१ जना फौजको कमान्ड कार्कीले सम्हाल्ने भएका हुन् ।

आज प्रहरी प्रधान कार्यालय गएर औपचारिक रुपमा जिम्मेवारी सम्हाले कार्यक्रम छ । गृहमन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि उनले पदभारग्रहण गर्नेछन् ।

२०५४ साल चैत १८ गते प्रहरी निरिक्षक (इन्स्पेक्टर)का रुपमा संगठन प्रवेश गरेका कार्की हाल सरकारले घोषणा गरेको आम निर्वाचनको संघारमा संगठनको नेतृत्व सम्हाल्न आइपुगेका छन् । उनले संगठनलाई करिब ३० महिना कमाण्ड गर्नेछन् ।

कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments