नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त

काठमाडौं । सोमबार साँझ बसेको नियमित मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

उनी नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा नियुक्त भएका हुन् ।

प्रहरी नियमावलीमा उल्लेखित ३० वर्षे सेवा अवधिका कारण वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्ग २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका छन् । सोअघि नै सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।

२४ भदौमा जेन जेड आन्दोलनको क्रममा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । उपत्यका कमाण्ड सम्हाल्नुअघि कार्की प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत व्यवस्थापन विभागका प्रमुख थिए ।

डीआईजी हुँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए भने एसएसपीको जिम्मेवारीमा रहँदा काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हालेका थिए, त्यही समयमा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

काठमाडौँ हुँदै उपत्यकाको कमाण्ड सम्हाल्दै आएका कार्की प्रोफेसनल पुलिस अधिकारीका रुपमा चिनिएका छन् ।

आर्थिक बिबाद जोडिएको नसुनिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव छ । उनले विदेशमा विभिन्न तालिमहरू पूरा गरेका छन् र नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments