भिटामिन ए खुवाउदै काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिकाका स्वास्थ्यकर्मी
बालबालिकामा कुपोषणको जोखिम हुननदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
काठमाडौँ / स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।
शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने छ । दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ । यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् ।
बालबालिकामा कुपोषणको जोखिम हुननदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोककी प्रमुख रागीश्री श्रेष्ठका अनुसार काभ्रेमा आज पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्य यथावत रहेको छ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत कार्तिक २० गते सञ्चालन गरिएको अभियान काभ्रेपलान्चोकका १३ वटै पालिकामा संचालन भएका छन्।



बच्चा जन्मेको ६ महिना देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको छ। त्यस्तै, ६ महिना देखि २३ महिना उमेर समूहका बालबालिकालाई बालभिटा खुवाइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोककी प्रमुख रागीश्री श्रेष्ठका अनुसार काभ्रेमा आज पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्य यथावत रहेको छ। कार्यालय प्रमुख श्रेष्ठका अनुसार १३ वटै पालिकामा करिब २३ हजार ६ सय ८३ बालबालिकालाइ औषधि खुवाइने छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित