नमोबुद्द भगवान घ्याङ गुठीका कार्यवाहक अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार, राजकुमार महासत्व (गौतम बुद्ध) ले भोकाएकी सुत्केरी बघिनीलाई आफ्नो शरिरको मासु काटेर खान दिएको र उनलाई बचाएको किन्वदन्ती छ ।
काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ र ११ को सिमामा पर्ने नमोबुद्ध चैत्य परिसरमा कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने कार्तिक पूर्णिमा मेलामा हजारौं दशनार्थी सहभागी भएका छन् ।
‘पितृ उद्धार र कल्याण’का लागि विशेषगरी बौद्ध धर्मावल्मीले विहानै देखि पुजा, दर्शन गरेका हुन् । बुधवार रातभर पितृका नाममा बत्ती बालेपछि बिहिबार बिहानबाट मेला सकिएको छ ।
काभ्रेपलाञ्चोकका विभिन्न स्थानका साथै छिमेकी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाण्डौ, भक्तपुर, ललितपुर लगायत देशभर र विदेशबाट समेत करिब २० हजार भन्दा बढी दर्शनार्थीले मेला भरेको अनुमान गरिएको छ ।
विशेषगरी तामाङ र नेवार समुदायका साथै विदेशमा रहेका बौद्ध धर्मालम्बीले समेत मेला भर्ने गरेका छन । बौद्ध धर्मवालम्वीहरुले यसलाई प्रमुख धार्मिक तीर्थस्थलको रुपमा लिन्छन् । गौतम बुद्धको जन्म यहाँ भएको धार्मिक किन्वदन्ती छ ।
नमोबुद्द भगवान घ्याङ गुठीका कार्यवाहक अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार, राजकुमार महासत्व (गौतम बुद्ध) ले भोकाएकी सुत्केरी बघिनीलाई आफ्नो शरिरको मासु काटेर खान दिएको र उनलाई बचाएको किन्वदन्ती छ । सोही सम्झनामा कार्तिक पुर्णिमाको दिनमा यहाँ मेला लाग्ने गरेको छ ।
मेलामा आएका दर्शनार्थीले दिउसो देखि नै गित गाउने, नाच्ने गर्छन् । मेलाकै अवसरमा विभिन्न स्थानबाट साना व्यापारी नमोबुद्ध आएर व्यापार गर्नेगर्छन ।


नमोबुद्ध नगरपालिकाको व्यवस्थापन, वडा नं १ र ११ को समन्वयमा जात्रा, मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, नगर प्रहरी र स्वंयमसेवक समेत परिचालन गरिएको वडा नं १ का अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए ।
वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङका अनुसार, मेला व्यवस्थित गर्न स्थानीयवासी र जनप्रतिनिधी तथा सुरक्षाकर्मी समेत खटिएका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित