एक सातादेखि किशोर बेपत्ता

गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखत शाही बेपत्ता भएका थिए ।

स्याङ्जा / स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर सातादेखि बेपत्ता छन् ।

गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखत शाही बेपत्ता भएका थिए । उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

कैलालीबाट साथीहरुसँगै पोखरा भ्रमणमा आएका शाही र सोही ठाउँका १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्न कालीगण्डकी नदीमा पसेका थिए । पौडी खेल्ने क्रममा दुवै जनालाई नदीले बगाएको थियो । बग्दै गरेको अवस्थामा न्यौपानेलाई सकुशल उद्धार गरिएको थियो ।

बुधबार बिहानदेखि कालीगण्डकी नदीमा बेपत्ता भएका शाहीको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन समूह स्याङ्जा, नेपाल प्रहरी तथा आफन्तजनको सक्रियतामा खोजी कार्यलाई तीव्रता दिइएको प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बलको तालिम प्राप्त समूहले ‘¥याफ्टिङ बोट’को सहायताले घटनास्थल तथा त्यसभन्दा तलका स्थानमा खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news