बङ्गलादेशका दुग्ध उत्पादक किसान चितवनमा

चितवन/ जिल्लाको दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा जानकारी लिन बङ्गलादेशका दुग्ध उत्पादक किसानहरू यहाँ आएका छन् । बङ्गलादेशका दुग्ध उत्पादक किसान मनरुप इस्लामका नेतृत्वमा आएको १७ सदस्यीय टोलीले आज यहाँका दुग्ध उत्वपादक सहकारी उद्योग, गाई फार्महरूको अवलोकन गर्नेछ ।

उनीहरूले सोमबार जिल्लामा भएको दुग्ध उत्पादन र यहाँको अवस्थाका बारेमा जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घसँग छलफल गरेका थिए ।

सङ्घका चितवन अध्यक्ष किशोर बगालेका अनुसार उनीहरुले यहाँ दूध उत्पादनको अवस्था, वितरण प्रणाली, दुग्ध उत्पादक किसानको अवस्थाबारे जानकारी लिएका हुन् ।

उहाँले भन्नुभयो, “दुई देशका किसानले कसरी दूध उत्पादन गर्दै आएका छन् र त्यसको बजारीकरण कसरी भइरहेको छ भन्ने विषयमा ज्ञान आदानप्रदान गरियो ।” अध्यक्ष बगालेले जिल्लामा भएको असल पशुपालन अभ्यास, उन्नत नश्लका गाईहरू ल्याउने क्रमलगायतका बिषयमा जानकारी दिनुभएको थियो ।

बङ्गलादेशी टोलीले पनि दूध उत्पादन, प्रशोधन र वितरणका विषयमा भएको प्रगतिका विषयमा जानकारी गराएको थियो । सो टोलीले आज नवलपरासीमा समेत अध्ययन गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments